काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा बलर सोमपाल कामीले अश्विसनीय रुपमा अर्धशतक प्रहार गरेका छन् । कप्तान पारस आउट भएपटि आठौँ नम्बरमा मैदान छिरेका सोमपालले ३८ बलमा नै ५१ रन पूरा गरेका हुन् ।


ADVERTISEMENT


३ छक्का र ५ चौका प्रहार गरेर ६१ रन बनाउँदै आउट भएका छन् । नेपालले २ सय रन पूरा गरेको छ ।


ADVERTISEMENT

# # #


क्रिजमा अहिले सोमपाल कामी र सन्दीप लामिछाने खेलिरहेका छन् । नेपालको स्कोर ४५  ओभरको समाप्तीमा ९ विकेटको क्षतीमा २०५ रन पुगेको छ । यसअघि कप्तान पारस खड्काले ५१ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् ।