काठमाडौँ – राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी समुत्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी छन् । सो सम्मेलनलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सम्बोधन गरेका थिए ।


ADVERTISEMENT


३० अप्रिलसम्म हुने सम्मेलन सरकार र सहकारी बीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा रहेको मल्लले बताइन् । एसिया प्रसान्त, मध्यपूर्वी एसिया र उत्तर अफ्रिकाको सहकारी समुत्थान, दिगो विकास र समावेशी विकासका लागि सरकार र सहकारीको साझेदारीतालाई बढवा दिने सम्मेलनको ‘थिम’ रहेको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय सहकारी महासंघका निवर्तमान ग्लोबल बोर्ड सदस्य समेत रहेकी अध्यक्ष मल्लले विश्व आर्थिक मन्दीका वेला स् २००८ मा सहकारीको समुत्थानशील शक्तिका कारण सहकारी अर्थतन्त्रलाई वढावा दिएका मुलुकहरुको अर्थतन्त्र टिकेको बताउँदै १० बर्षे सशस्त्र द्वन्द्व, महाभुकम्पलगायतका अप्ठ्यारो परिस्थितिमा समेत सहकारीको समुत्थानशील शक्तिका कारण नेपालको ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान रहन सफल भएको जानकारी गराएका थिए ।

संविधानमा नै सहकारीलाई समावेश गरेका कारण नेपालको अर्थतन्त्रमा सहकारीको भूमिका बृद्धि भइरहेको बताइन् । संविधानमा नै समाजवाद उन्मुख तीन खम्बे अर्थतन्त्रलाई समावेश गरेको बताउँदै महामसंघका अध्यक्ष मल्लले सदस्य केन्द्रीयता, सुदृढ सञ्जाल, संस्थागत पूँजीकोषहरुको व्यवस्था, सामाजिक पूँजी निर्माण मार्फत सदस्यको आर्थिक सामाजिक र वातावरणीय हित अभिवृद्धि जस्ता तत्वहरु नेपालको संविधान एवं सहकारी ऐन नियममा अन्तरनिहित रहेकोले सहकारीको समुत्थानशिल शक्ति प्रतिविम्वित भएको बताइन्।

नेपालको संविधानमा नै सहकारीलाई सम्बोधन गरेको विषयलाई अन्य मुलुकले समेत विशेष रुपमा हेरेका छन् । ‘संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अगाडि बढाउन सहकारीकर्मी र सरकारले हातेमालो गरेर अगाडि बढेको खण्डमा नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमूना राष्ट्र बन्न सक्छ’। उनले भनिन् ।

एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरु, नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु र यस क्षेत्रका सहकारी अभियन्ताहरुको उत्साहवद्र्धक सहभागिता रहेको सो मन्त्रीस्तरीय सम्मेलनमा नेपालबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडी, सह सचिव कृष्ण सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको छ ।

सो सम्मेलनको समयमा आईसीए एशिया प्रशान्त क्षेत्रको बोर्ड बैठक समेत सम्पन्न भएको छ । आइसीए एपीका संचालक महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल भने भर्चुअल रुपमा बैठकमा सहभागी भएका थिए ।