काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो ऐतिहासिक एक दिवसीय खेलमा टस जितेर ब्याटिङ थालेको नेपालको तेस्रो विकेट गएको छ ।सुवास १९ रन बनाएर आउट भएका हुन् । उनले ३ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT


यस्तै पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट भए । २४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै अनिल शाह पनि आउट भए । ३ बलमा एक चौका प्रहार गर्दै उनले ४ रनमा आउट भए ।

नेपाल अहिले ११ ओभरमा ३ विकेटको क्षतीमा ४७ रन बनाएर खेलिरहेको छ । कप्तान पारसलाई साथ दिन दीपेन्द्र सिंह ऐरी मैदान छिरेका छन् ।