काठमाडौँ– भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाईस्कुल) को पुर्ननिर्माणको काम सुरु गरिएको छ ।


ADVERTISEMENT


चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको सो विद्यालयको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीया राजदुत यु होङले संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


भूकम्पछिको भौतिक संरचना पुर्ननिर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुर्ननिर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको बाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो ।

विद्यालय पुर्ननिर्माण कार्यको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाईनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफु विश्वस्त रहेको बताए ।

मन्त्री पोखरेलले आफुले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबार हाईस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफुले लिएको बताए ।

चीन सरकार आफैले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

१ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।

हेर्नुहोस फोटोः