ब्रसेल्स– युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ ।
नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार जनाएको छ ।


ADVERTISEMENT


गत आइतबार अर्थात् यही जुलाई २९ तारिखका दिन भएको निर्वाचनमा सामान्य प्रक्रिया पनि पुरा नगरेको र आधारभूत लोकतान्त्रिक मान्यतालाई पनि बेवास्ता गरिएको इयूको वक्तव्यमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


इयुको विदेश मामिला कार्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “यस्तै विविध कारणले निर्वाचनमा विश्वसनीयताको अभाव देखिएको छ ।”

सन् १९९३ देखि भइरहेको द्वन्द्वबाट प्रभावित कम्बोडियामा अहिले छैठौँ आम निर्वाचन भएको हो । यस निर्वाचनले हुुन सेनको ३३ वर्षे नेतृत्वलाई थप्ने लगभग पक्का भएको छ ।