म्याग्दी– जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् ।


ADVERTISEMENT


धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गरेका हुन् । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गरेका उनका छोरा शेरबहादुरले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ । रासस