काठमाडौँ– इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ ।


ADVERTISEMENT


आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन् ।


ADVERTISEMENT

# # #


नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिए । खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।