कमाठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर कामचलाउ बनिसकेको सरकारले सोमबार सार्वजनिक गर्ने आर्थिक वर्ष २०७४/७५ को बजेटको आकार जम्बो हुने भएको छ ।


ADVERTISEMENT


दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको हुनेछ । चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ ।


ADVERTISEMENT

# # #


आउँदो आर्थिक वर्षको बजेट रकम बढाउनैका लागि आइतबार अपराह्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सीमा बढाएको छ । यसअघिको सीमा बढाएर १२ खर्ब ८४ अर्ब रुपैयाँ बनाइएको बजेट निर्माणमा संलग्न एक अधिकारीले बताएका छन् ।