समितिको प्रतिवेदन नआएसम्म मतगणना सुचारु नहुने 


ADVERTISEMENT


काठमाडौँ– निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको तत्काल मतगणना सुचारु नगर्ने निर्णय गरेको छ।


ADVERTISEMENT

# # #


भरतपुर १९ को मतगणना भईरहँदा आइतबार राती केही मतपत्र च्यातिएपछि स्थगित भएको मतगणनाका विषयमा निर्णय गर्न बसेको आयोग पदाधिकारी बैठकले छानविन समिति गठन गरेको छ। र सो छानविन समितिको प्रतिवेदन नआएसम्म मतगणना सुचारु नगर्ने आयोगले जनाएको छ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै भरतपुर १९मा पुन मतदान गर्नुपर्ने माग गरेका थिए। भने एमालेले च्यातिएका मतपत्रलाई छोडेर बाँकी मतपत्र गन्नुपर्ने बताएको थियो। भरतपुरका २९ मध्ये वडानम्बर १९ र २०को मतगणना हुन बाँकी थियो।