काठमाडौँ – बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ग्रेड समायोजन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने ।’
ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वोच्च अदालतले परमादेश दिएको थियो । त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ ।
तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेको थियो । बढुवा हुँदा उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो ।
कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । वरिष्ठ सइको एक हजार चार सय १८ जनाको दरबन्दी छ । बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो ।
बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ ।