काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केन्द्र र प्रदेशको संसद अवरुद्ध गर्दा कानून निर्माण अलपत्र परेको छ ।


ADVERTISEMENT


चिकित्सा शिक्षा विधेयक र डा. केसीको जीवन रक्षा माग गर्दै संसदमा अवरोध जनाएपछि पटक पटक बैठक स्थगित गर्दा तोकिएको समयसीमामा कानून निर्माण अलपत्र परेको हो । प्रतिनिधिसभाको बैठकमा विभिन्न माग राख्दै संसद अवरुद्ध गर्दै आएको काँग्रेसका कारण समिति गठन र कानून निर्माण ढिलाई भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, राष्ट्रियसभामा समेत प्रमुख प्रतिपक्षी दलको अवरोधले बैठक स्थगित भइरहेको छ । उता, प्रदेश नम्बर एक, सात र पाँचमा काँग्रेस सांसदले विरोध जनाउँदा बैठक स्थगित गरिएको छ । जसका कारण प्रदेशका कानून निर्माणका साथै महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन ।