बर्दिबास– इलाका प्रहरी कार्यालय बर्दिबासले लागुऔषध सेवनको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सडकमा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


बर्दिवासस्थित सिन्धुली रोडबाट बर्दिवास नगरपालिका वडा नम्वर २ का दिनेश कार्की, वडा नम्बर ३ का विक्रम मगर र किरण परियार, वडा नम्बर १४ का विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ ।


ADVERTISEMENT

# # #


उनीहरूको साथबाट लागुऔषध नाइट्रोभेट १३ ट्याबलेट र ५० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी बर्दिवासका प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीले बताए ।

त्यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर – ४ का दीपक खतिवडा र वडा नम्बर १३ बस्ने पर्वत लामा र राकेश तमाङलाई पनि लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातै जनामाथि लागुऔषध सम्बन्धि मुद्दा चलाइएको छ ।