काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको  अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन्।


ADVERTISEMENT


आज उनले शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनामा योगदान पुर्याउनु हुने जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जलि अर्पण गरेका छन् ।
जनताको सङ्घर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी सङ्घीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको प्रधानमन्त्रीले बताएका छन् ।


ADVERTISEMENT

# # #


सन्देशमा भनिएको छ–“यही जेठ ३१ गते उल्लासमय रूपमा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । स्थानीय तहको निर्वाचनपश्चात् नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारको अवधारणा संस्थागत हुने निश्चित भएकाले पहिलो चरणको निर्वाचन झैँ दोस्रो चरणको निर्वाचनमा पनि सम्पूर्ण नेपालीहरूको सहयोग र सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछु ।”

संविधानको स्वीकार्यता अझ फराकिलो बनाएर यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु, हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा मुलुकलाई सामाजिक–आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता भएको प्रधानमन्त्रीले बताएका छन्।

यही २०७४ माघ ७ गतेसम्म सम्पन्न हुने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनपछि संविधानको कार्यान्वयनले पूर्णता पाउने र सङ्क्रमणकालको अन्त्य हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् । उल्लेखित कार्यभार पूरा गर्न सरकार सबै पक्षहरूसँग सम्वाद, सहमति र सहकार्यका लागि क्रियाशील रहँदै आएको तथा यस कार्यमा सम्पूर्ण राजनीतिक दल तथा समस्त नेपालीहरुबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

नेपालको संविधान कार्यान्वयन, पुनःनिर्माण तथा नवनिर्माण र आर्थिक विकासका विविध पक्षमा महत्वपूर्ण सहयोग पु¥याउनका साथै सहिदका अधुरा सपना, जनताका असीमित आकांक्षा पूरा गर्न सबैलाई आ–आफ्नो ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न उनले आह्वान गरेका छन्।