कपिलवस्तु– असार दोस्रो साता यशोधारा गाउँपालिका–५ बैदौली भगवानपुरका ७५ बर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे ।


ADVERTISEMENT


अहिले उनको धानखेत पूरै डुबानमा छ । बर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।


ADVERTISEMENT

# # #


खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो ।

बाँधका कारण कर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ ।

यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन् । बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ । – आजको नागरिक दैनिकबाट