काठमाडौं– उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादनमा फेरी वृद्धि भएको छ । दुई बर्षअघि सम्म ३ सय ५० मेट्रिक टन उत्पादन गरेको उद्योगको उत्पादन बढेर अहिले ७ सय ५० मेट्रिक टन पुगेको हो । यो उत्पादन क्षमताको ९५ प्रतिशत हो ।


ADVERTISEMENT


उद्योगको उत्पादन क्षमता भने दैनिक ८ सय मेट्रिक टन रहेको छ । विभिन्न समस्याका कारण महिनामा १५ दिनमात्रै सञ्चालन हुने यो उद्योग अहिले महिनाको ३० दिन नै संचालन हुन थालेको महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी गराएका छन् । यहि बीच मा विद्युतको समस्याका कारण उद्योगमा राजनैतिक दल निकट कर्मचारीको आन्दोलन, हड्ताल लगायतका समस्याहरु लाई महाप्रबन्धक ले कडाई गर्न थालेपछि महिनामा ३० दिन नै उत्पादन गर्न थालिएको समेत पौडलले बताए ।


ADVERTISEMENT

# # #


जापान सरकारको सहयोगमा स्थापना भएको यो एशियाको दोश्रो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वको उद्योग भएतापनि यसको उचित संरक्षण हुन नसक्दा उद्योग धरासायी बन्दै गएको थियो र महाप्रबन्धक सुरेन्द्र पौडेल नियुक्त भएपछि यस कारखानामा धेरै प्रगती भएको पाइएको छ ।

पौडेलले उद्योग लाई बन्द हुन बाट जोगाएको, बिग्रिएको र काम नगर्ने कर्मचारीहरु लाई कारबाही समेत गर्न थालेपछी हाल र उद्योग को उत्पादन बढाएर प्रतिदिन ७ सय ५० मेट्रिक टन उत्पादन भएको यस उद्योगका कर्मचारी भरत नेपालले स्रोतलाई जानकारी दिएका छन् ।