काठमाडौँ– हाम्रो पार्टी नेपालले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगन कुमार थापालाई कडा चेतावनी दिएको छ ।


ADVERTISEMENT


पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


रिपोर्टर्स क्लब नेपालमा बिहीबार हाम्रो पार्टी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । विगत ६ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको बिपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले नेपाली कांग्रेसलाई डा. गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले भने,‘कांग्रेस सत्तामा हुँदा डाक्टर केसीका मागहरु सम्बोधन नगर्ने अहिले आएर राजनीति गर्ने ? साझा विवेकशील, नयाँ शक्तिले पनि ध्यान दिँदा हुन्छ, गगन थापाजी तपाई सडकमा नआउनुहोस्, हामी सडकमा ओर्लिनुपर्यो भने असहज होला ।’

यस्तै उनले देशमा सक्रिय रहेका २९ वटा वैदेशिक शक्तिहरुको संरचना ध्वस्त पार्नु आजको खाँचो रहेको भन्दै वैदेशिक शक्तिहरुको ईशरामा नाच्नेहरु होशियार रहन चेतावनी दिए ।

डा. गोविन्द केसीको विपक्षमा खरो रुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।