काठमाडौँ– नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती देश भर भव्यरुपमा मनाइएको छ ।


ADVERTISEMENT


देशका विभिन्न ठाउँहरुमा भानुभक्त को शालिकमा माल्यार्पण गर्दै जयन्ती मनाइएको हो । विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मिएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।


ADVERTISEMENT

# # #


यस्तै भानु घाँसी स्मारक पार्क संरक्षण समिति तनहुँले आज घाँसी कुवामा प्रवचन कार्यक्रम गरेको छ ।

यता नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरे । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भानु भक्तको शालिकमा माल्यार्पण गरे । उनले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताए ।

प्रधानमन्त्री ओलीलले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिए ।

तस्बिरहरु : रासस