संसद चल्न नदिने काँग्रेसको चेतावनी


ADVERTISEMENT


काठमाडौं– सरकारले आज बोलाइएको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक दोस्रोपटक पेस गर्ने तयारी गरेको छ । आजको बैठकमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले उक्त विधेयक पेश गर्ने जनाइको छ ।


ADVERTISEMENT

# # #


विधेयक गत शुक्रबार नै संसदमा दर्ता गराइएको थियो । राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसदमा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका थिए ।

अघिल्लो संसद्को अन्तिम बैठक २०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो विधेयक निष्क्रिय भएको थियो । शेरबहादुर देउवा नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ कात्तिक २४ गते अध्यादेश जारी गरेका थिए ।

चाँडै विधेयक पारित गर्नुपर्ने भएकाले तत्काल प्रक्रियामा लग्ने तयारी सरकारले गरेको जनाइएको छ । तर प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरूद्ध गर्ने चेतावनी दिएको ।

अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि रोकिएको थियो । अनशनरत चिकित्सक गोविन्द केसीले भने अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने माग गर्दै आएका छन् ।