काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् ।


ADVERTISEMENT


हिजो राति अवेरसम्म सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्ययोजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिबहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


गृह,भौतिक पूर्वाधार तथा यातायात,उर्जा जलस्रोत तथा सिंचाइ(उर्जा तर्फ),उर्जा जलस्रोत तथा सिंचाइ (जलस्रोत र सिंचाइ तर्फ) सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना पेश गरेका छन् । यसैगरी स्वास्थ्य,जनसंख्या,श्रम,रोजगार तथा सामाजिक सुरक्षा,शिक्षा विज्ञान तथा प्रविधि,परराष्ट्र,कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय(कृषि,पशुपंक्षी र भूमि तथा सहकारी), खानेपानी तथा सरसफाई र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय(उद्योगतर्फ)का सचिबले आफ्ना आफना कार्ययोजना पेश गरेका थिए ।

समय अभावले अन्य मन्त्रालयहरुले बुधबार योजना पेश गर्न नसकेको बताइएको छ । बाँकी रहेका मन्त्रालयले अर्को कार्यक्रम आयोजना गरी योजनाहरु पेश गर्ने छन् ।

मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले विभिन्न सुझाव दिएका थिए ।

सहकारीहरुलाई वित्तिय कारोबार भन्दा उत्पादनतिर लाग्न जोड दिनुपर्ने प्रधानमन्त्रीको सुझाव छ । महंगी अत्याधिक बढेको सम्बन्धमा कडा ढंगले अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

यसैगरी दुर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा नै पहाडी तथा हिमाली क्षेत्रमा अनिवार्य रुपमा सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए । कार्यक्रममा सबै मन्त्रालयका मन्त्री र सचिबहरुको उपस्थिती थियो ।