काठमाडौं–शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा उठेका प्रश्हरुको मंगलबार जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो आव्हान हो ।


ADVERTISEMENT

# # #


यसका साथै उनले जतिसक्दो चाँडो आयोग बनाएर काम गर्नुपर्नेमा जोड दिँदे भने ‘यतिखेर अनशन बस्ने होइन, हामी यथार्थवादी हौं र सही ढङ्गले अघि बढौं, आयोग बनाएर समस्या हल गछौं भनेपछि आयोगमा विश्वास गरौं।’

यसअघि राष्ट्रियसभा बैठकमा पनि राष्ट्रिय चिकिसा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सांसदहरुले विभाजित धारण राखेका थिए। – आजको गोरखापत्र दैनिकबाट