काठमाडौं– वेल्जियमलाई १– ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।


ADVERTISEMENT


चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो ।


ADVERTISEMENT

# # #


बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।