काठमाडौँ– एनआईसी एशिया बैंकले एकैसाथ तीन नयाँ शाखा सञ्चालन गरेको छ । बैँकले आइतबार झापाको गौरीगञ्ज नगरपालिका वडा नं. ३ मा गौरीगञ्ज शाखा र कनकाई नगरपालिका वडा नं ३ मा सुरुङ्गा शाखा तथा बर्दियाको ठाकुरबाबा नगरपालिका, वडा नं. १ मा भुरीगाँउ शाखागरी तीन नयाँ शाखा एकै दिन स्थापना गरेको हो ।


ADVERTISEMENT


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।


ADVERTISEMENT

# # #


बैंकको वासलातको आकार रू.१७८अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५०अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।