काठमाडौं– फिफा विश्वकप २०१८ मा पराजित टिमका खेलाडी तथा प्रशिक्षकहरुले राजीनामा दिन थालेका छन् । पछिल्लो पटक स्पेनका प्रशिक्षक फर्नान्डो हिइरोले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


विश्वकप सुरु भएलगतै प्रशिक्षकमा नियुक्ति भएका ५१ वर्षीय हिइरोले आफ्नो टिमले अपेक्षा गरे अनुरुप प्रदर्शन गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनी विश्वकप सुरु हुन एक दिनअघि मात्र स्पेनिस फुटबल टिमको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । तत्कालिन प्रशिक्षक बर्खास्तमा परेपछि हिइरोलाई स्पेनको प्रशिक्षकमा नियुक्त गरिएको थियो ।

हिइरोको प्रशिक्षणमा समूह चरणमा पार गरेको स्पेनको यात्रा अन्तिम १६ मै रोकिएको थियो । यसअघि विश्वकप सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थियो । स्पेन सन् २०१० को विश्वकप विजेता पनि हो ।