रुपन्देही– आर्थिक वर्ष ७४/७५ सकिन ९ दिन बाँकी रहँदा बजेट सकाउन कै लागि धमाधम असारे विकास भइरहेको छ ।


ADVERTISEMENT


मुलुकभर सडक निर्माण र कालोपत्रे गर्ने होडमा बजेट सकाउन ठेकेदार अग्रसर देखिएका छन् । उपत्यकामा मात्र नभई जिल्लामा पनि असारे विकास हावी देखिएको छ । आर्थिक वर्षको अन्तिम महिना असार सकिनै लाग्दा गाउँदेखि सहरसम्म बिकास निर्माणको कामले गति लिएको छ । देश बनाउनका लागि बिकास निर्माणले गति लिएको हौइन फ्रिज हुन लागेको बजेट सकाउनका लागि बिकासले गति लिएको हो । अहिले बजेट सकाउनका लागि दैनिक अर्बको पुजीगत खर्च हुने गरेको छ ।


ADVERTISEMENT

# # #


महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको असारको सुरुमा ५० प्रतिशत पुंजीगत खर्चभए पनि मसान्तसम्म ६५–७० प्रतिशतसम्म पुँजिगत खर्च पुग्ने अनुमान छ । गाउँगाउँमा सरकार पुगेपनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै ढर्रामा रहेको भन्दै स्थानीय असन्तुष्ट छन् । रुपन्देही, बैतडी, बर्दिया लगायतका जिल्लामा असारे विकासका नाममा सडक कालोपत्रेको काम धमाधम अघि बढेको छ । तथ्यांक अनुसार रुपन्देही जिल्लामा मात्रै २२ दिनमा २२ करोड खर्च भएको छ ।