काठमाडौँ– डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । शुक्रबार लगातार दोस्रो पटक बैठक अवरुद्ध भएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठे ।


ADVERTISEMENT


जरुरी सार्वजनिक महत्वको प्रस्तावक दिलेन्द्रप्रसाद बडूले डा. केसीको जीवनरक्षाको गम्भीर प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसदको कारबाही अघि बढ्न नसक्ने बताए ।


ADVERTISEMENT

# # #


सभामुखले सदनको ध्यानाकर्षण भएको र अर्को बैठकमा सरकारले जावाफ दिने भन्दै बस्न आग्रह गरे । ‘अर्को बैठकमा कार्यसूचीमा पर्छ’ उनले भनेका थिए ।

उनले अब पुग्यो कि भन्दै बेलाबेला कांग्रेस सांसदहरुसँग ठट्टा पनि गरे । तर, कांग्रेस सांसदहरुले बस्न नमानेपछि असार २५ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

शुक्रबारको पहिलो बैठक पनि कांग्रेस सांसदहरुले डा. केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गर्दै अवरुद्ध गरेका थिए । त्यतिबेला सभामुख महराले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।