काठमाडौं– आगामी जुलाई २९ मा इङल्याण्डको लर्डस् मैदानमा नेदरल्यान्ड र एमसीसीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोलिको घोषणा भएको छ । छनोट समितिले पारस खड्काको कप्तानीमा २० सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।


ADVERTISEMENT


खराब फर्मले गर्दा टिम बाहिर रहेका विनोद भण्डारी, प्रदीप ऐरी र सुवास खकुरेलले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी आईसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिपपछि राष्ट्रिय टिम बाहिर थिए । त्यस्तै, चोष्ट ग्रस्त भएका सुवास खकुरेल र लयमा नरहेका प्रदीप ऐरी लामो समय टिम बाहिर रहेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै टोलिमा पारस खड्का(कप्तान) ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, वसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख रहेका छन् । त्यस्तै, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुनिल धमला, सुशन भारी र हरि क्षेत्री रहेका छन् ।

हरि क्षेत्री पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा परेका हुन् । नेपालले साउनमा लन्डनमा नेदरल्यान्ड र एमसीसीसँग खेल खेल्दैछ ।