एजेन्सी– विश्वकपमा भीएआर शब्द अहिले लोकप्रिय छ । सन् २०१८ मा ‘इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड’ले भीएआर पद्धतिलाई खेलको कानुनकै रूपमा अवलम्बन गरिसकेको छ । ‘भिडियो असिस्टेन्स रेफ्री (भीएआर)’ पद्धतिअन्तर्गत मुख्य रेफ्रीले भिडियो फुटेज हेरेर खेलको समीक्षा ‘रिभ्यु’ गर्न सक्छ । मुख्यतः चार अवस्थामा भीएआर प्रयोग गरिन्छः


ADVERTISEMENT


१. गोल भएको हो कि हैन भनेर बुझ्न ।


ADVERTISEMENT

# # #


२. पेनाल्टीको निर्णय लिनुपर्दा ।

३. रेडकार्ड देखाउने अवस्था आएमा ।

४. रातो र पहेँलो कार्ड पाउनुपर्ने व्यक्ति को हो भनेर चिन्न ।

अन्तर्राष्ट्रिय खेलका लागि भीएआर पहिलोपटक इङ्ल्यान्डमा प्रयोग भएको थियो । सन् २०१७ मा ‘थ्री लायन्स’ र जर्मनी बीचको खेलमा यो नियमको प्रयोग भयो । चलिरहेको विश्वकपमा भीएआर पद्धतिको थुप्रैपटक प्रयोग भइसकेको छ । रेफ्रीले मैदानमा हुने विभिन्न आलोचनालाई समाधान गर्न भीएआर पद्धति प्रयोग गरिरहेका छन् ।

१५ जुन २०१८ को विश्वकपमा पहिलो भीएआर पोर्चुगल र स्पेनको खेलमा प्रयोग गरिएको थियो । डिएगो कोस्टाको गोलमा रेफ्रीले यो प्रविधि प्रयोग गरे । यसै विश्वकपमा जुन १६ का दिन फ्रान्स र अस्ट्रेलियाको खेलमा भीएआर हेरेर पेनाल्टी दिइएको थियो ।