मोरङ– नेकपाका भातृ संगठन युवा संघ नेपाल र वाइसिएलले तीन दिन श्रमदान गरी वृहत रोपाई कार्यक्रम सम्पन्न गरेका छन् । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का ईन्चार्ज पर्शुराम बस्नेतको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


कृषिलाई आधुनिकिकरण गरी स्वदेशमा नै रोजगारी सिर्जना गरी आत्मानिर्भर बनाउने उद्देश्यका साथ गरिएको यस कार्यक्रममा ७ सय भन्दा बढी ठाउँहरुमा युवाहरुले श्रमदान गरेका छन् । समृद्ध नेपाल सुखी नेपाली बनाउन मुख्य रुपमा कृषिलाई विकास र विस्तार गर्नुको विकल्प नभएको भन्दै सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष पर्शुराम बस्नेतले समापन कार्यक्रममा बोल्दै कृषी क्षेत्रलाई आधुनिकिकरण गरेर उत्पादनमा वृद्धि गर्न तथा मुलुकलाई कृषीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारी भइरहेको बताए । उनले युवालाई आत्मनिर्भर बनाउन सिटिइभिटीसँग समन्यवय गरी प्राविधिक शिक्षाको व्यवस्था गर्ने, स्वरोजगारका अवसर सिर्जना गर्ने लगायतका काम अगाडि बढिरहेको बताए ।

युवा संघ नेपाल र वाईसिएल मोरङको संयुक्त आयोजनामा गरिएको यस कार्यक्रममा नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरु सहभागी भएका थिए । ‘तीन दिन जनश्रममा युवा’ अभियान अन्तर्गत समापन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ को सोमवारेमा करिव २५ कठ्ठामा धान रोपिएको थियो ।