काठमाडौं– यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेको खुलेको छ । तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलार्इ एलिसाले बाख्राको खोरमा आपत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाको हत्या गरेको प्रहरी भनाइ छ ।

काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले फुपू र मन्सुर मिलेर बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको स्रोतद्वारा जानकारी दिए ।

मन्सुर हत्या गरिएकी बालिकाको घरमा केही समयदेखि बस्दै आएका थिए । प्रहरीले हत्यामा संलग्न दुवैलाई पक्रेर अनुसन्धान थालेको जनाएको छ ।