काठमाडौं– मानवअधिकारकर्मी चरण प्रसाईंसहित १२ जना काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


डा. गोविन्द केसीको समर्थन र माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्न पुगेका १२ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरुमा चरण प्रसाई, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी र डा. सुरेन्द्र भण्डारी लगायत रहेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत अनामनगरमा राखिएको छ ।

उनीहरुलाई केही बेरमा नियन्त्रणमुक्त गरिने काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिएका छन् ।