काठमाडौं– अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको घर फिर्तीपछि विश्वकै महङ्गो खेलाडी नेयमार विश्वकपमा बाँकी सम्भवतः एक्लो सुपरस्टार हुन् ।


ADVERTISEMENT


सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिए । मेक्सिकोबिरुद्धको खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी छँदा नेयमारले फेरि यस्तो नाटकीय हर्कत देखाए । जसले खेल केही बेर रोकियो, पूरै विश्व आश्चर्यमा पर्यो ।


ADVERTISEMENT

# # #


विश्कपको दाबेदार मानिएका ब्राजीलका नेयमार आकर्षणको केन्द्रमा छन् । विपक्षी सधै नेइमार लक्षित भएका हुन्छन् । र उनलाई बढी लडाउछन् । ब्राजिलले पनि उनलाई कुनै पनि किसिमका आक्रमणबाट जोगाउने निर्णय लिएको छ ।

मेक्सिकोसँगको खेलमा मेक्सिकोका खेलाडी र प्रशिक्षण दलका सदस्यहरूले नेयमारलाई अनावश्यक लडेको आरोप लगाउँदै उनलाई जोकर समेत भने । त्यस्तै पूर्वखेलाडी, प्रशंसक र टीभी कमेन्टेटरहरू पनि नेयमारको पारालाई आलोचना गर्न पछि परेका छैनन् ।

आफ्ना स्टार खेलाडीलाई खेलमा ध्यान केन्द्रित गराउन र सहज अवस्थामा राख्नका लागि ब्राजिलले नेयमारलाई चुप लाग्न भनेको छ । उनीप्रती भइरहेको आलोचनाको खण्डन गर्न दिएको छैन । समाजिक सञ्जालमा विश्वभरी टिक टिप्पणी भइरहदा पनि ब्राजिलले भने नेइमारलाई बोल्न दिएको छैन । उनको सार्वजनिक प्रतिरक्षा प्रशिक्षक र उनका सहखेलाडीहरूले गर्ने सहमति बनेको छ ।

विश्वकपमा ब्राजिलको पहिलो खेलदेखि नै नेयमारविरुद्ध अभियान चलाइएको भनी ब्राजिली खेलाडीहरू रिसाएका छन् । ‘नेयमारले कसैलाई कुल्चेका छैनन्, उनलाई बरू अरूले कुल्चेका अनि लात हानेका छन्,’ ब्राजिली क्याम्पले दाबी गरेको छ ।

ब्राजिलले शुक्रवार बेल्जियमविरुद्ध क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।