चितवन– नारायणगढ-मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो १६ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


बिहान १७ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको हो ।


ADVERTISEMENT

# # #


सो सडकखण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो । दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको हो ।

मुग्लिनबाट ३.१२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला ३.३ किलोमिटर दूरीमा रहेको छ । पहिरोले पूरै सडक ढाकेको थियो । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ । यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको हो । पहिरो पन्छाएसँगै बिहानदेखि नै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।