पोखरा– त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा निर्माणधीन रहेको पोखरा विमानस्थलको १२ प्रतिशत काम पूरा भएको छ । सन् २०२१ को जुलाई १० मा सम्पन्न गर्ने उद्देश्यका साथ शुरु गरिएको विमानस्थलको हाल रनवेमा माटो भर्ने काम भइरहेको छ ।


ADVERTISEMENT


रनवेमा करिव ८ लाख घनमिटर मोटो भर्ने काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । उनले भने– ‘करिब ४५ प्रतिशत माटो भर्ने काम पूरा भएकोे छ ।’ विमानस्थलको पूर्वी भागमा माटो भर्ने काम भइरहेको छ । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #