काठमाडौं–रसियामा शनिबार राति भएको नकआउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।


ADVERTISEMENT


नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो । उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए । उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई पोर्चुगलको जाली चुमाएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा १– ० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा खेलमा फर्कियो। पोर्चुगलका लागि सो गोल पेपेले गरे ।

सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा बराबरी गोल खाएको उरूग्वेले पोर्चुगलको बराबरीलाई धेरै बेर रहन दिएन । फेरि एकपटक गोल गर्दै काभानीले पोर्चुगललाई निराश पारे। खेलको ६२ मिनेटमा फेरि पोर्चुगलको पोस्टमा बल छिराए र अग्रतालाई २–१ पारे ।

टोलीलाई २ गोलको योगदान दिदै क्वाटरफाइनलका लागि मार्ग प्रसश्त गरेका काभानी त्यसको केही समयपछि घाइते हुँदै मैदान छाड्न बाध्य भए ।

९० मिनेट सकिएपछि थपिएको ४ मिनेटको अतिरिक्त समयमा रोड्रिगेजले वान भर्सेज वानको अवस्थामा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए । त्यस्तै खेलमा पोर्चुगलले अग्रता लिने केही मौकाहरू पाएको भए पनि उसले उरूग्वेको पोस्टमा गरेका प्रहारले सहि कोण लिन सकेनन् र ऊ गोल गर्न असफल भयो ।

अघिल्लो चरणमा उरूग्वेको भिडन्त फ्रान्ससँग हुनेछ। यसअघि शनिबार भएको नकआउट चरणको पहिलो खेलमा पूर्व उपविजेता अर्जेन्टिनालाई ४–३ ले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।