काठमाडौं–रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुँदैछ । नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।


ADVERTISEMENT


अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने छ । अन्तिम आठको दौडमा ब्राजिल र मेक्सिको आमने सामने हुनेछन् । काजान एसियामा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने खेलको प्रतिक्षा जोडका साथ रहेको छ । उपाधिको दावेदार मानिएका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदै गर्दा दुबै देशका फ्यानहरुको मुटु धड्किनु अस्वभाविक होइन ।


ADVERTISEMENT

# # #


विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । निकै आलोचित बन्दै गएको अर्जेन्टिनाका निम्ति शनिबार फ्रान्स विरुद्ध जित निकाल्नु सोचे अनुरुप सजिलो पक्कै छैन ।

उता फ्रान्स भने समुह चरणको ३ खेलमै अपराजित रहेपनि २ खेलमा जित र १ मा बराबरी गर्दै अघि बढेको थियो । फ्रान्स समुह सिको समुह विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो भने अर्जेन्टिना समुह डिको उपविजेता बन्दै अन्टिम १६ को यात्रा तय गरेको हो । पछिल्लो सयम यी दुईको भेट २००९ मा अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा भएको थियो, जुन खेल अर्जेन्टिनाले २–० ले जितेको थियो ।

त्यस्तै शनिबार नै हुने अर्को खेल हो, उरुग्वे र पोर्चुगलबीचको । उरुग्वे समुह ‘ए’ को विजेता बन्दै १६ को यात्रा तय गर्दा पोर्चुगल समुह ‘वि’ को उपविजेता बनेको छ । समुहको सवै खेलमा जित हात पारेको उरुग्वेले जारी सिजनमा निकै फर्ममा रहँदा शनिबारको खेलमा पोर्चुगल विरुद्ध पनि शत प्रतिशत जितमा हुनेछ । तर क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगललाई हराउनु पनि त्यक्ति सजिलो भने पक्कै छैन । प्रिक्वाटरफाईनलको भेट यी दुवैका लागी रोमाञ्चक रहनेछ ।

क्रिष्टियानो रोनाल्डो र लुईस सुवारेज विचको टक्करले पनि यो खेललाई रोचक बनाउने छ । हेड टु हेडका आधारमा यी दुईको भेट अहिले सम्म दुई पटक भएको थियो । एक खेल एक गोलको बराबरीमा रोकिएको थियो भने एक खेल पोर्चुगलले ३–० ले जितेको थियो । क्वाटरफाइनल प्रवेशका लागी शनिबार पौने १२ बजे फिस्ट ओलम्पिक स्टेडियममा भिड्नेछन् ।