काठमाडौँ– काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले २४ हजार २२ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले १७ हजार ५० मत पाएका छन् ।


ADVERTISEMENT


विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ९ हजार ६६८ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ७ हजार ३१४ मत पाएका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले भने २ हजार ७७७ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तर्फबाट उपमेयरकी उमेदवार हरीप्रभा खड्गीले २२ हजार १६९ मत पाएकी छन् ।

कांग्रेसलाई राप्रपाले पछ्याइरहेको छ । राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ७६१ मत प्राप्त गरेका छन् । साझा पार्टीकी उमेदवार निरुपमा उमेदवार निरुपमा यादवले ४ हजार ६६३ मत पाएकी छन् ।

अहिलेसम्म ७४ हजार १८८ मत खसेको छ ।