काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नसच्याएमा र पेट्रोलियम पदार्थको मूल्य नघटाएमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै नेविसंघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


४ हजार ७ सय ३ भन्दा बढी विद्यार्थीको एसईई नतिजा बिहान कम र बेलुकी बढी देखिनुले वर्तमान कम्युनिस्ट सरकार शैक्षिक माफियाको आर्थिक चलखेलमा परेको नेविसंघले बताएको छ ।


ADVERTISEMENT

# # #


नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘४ हजार ७ सय ३ विद्यार्थीको प्राप्ताङ्ककको विषय मात्रै होइन, यो गैरजिम्मेवार कार्यले एसईईमा सहभागी भएका सबै विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहको मनोविज्ञानमा असर परेको छ ।’

परीक्षाको नतिजाजस्तो संवेदनशील विषयमा यस्तो गैरजिम्मेवार तरिकाले लापरबाही भएको भन्दै नेविसंघले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा र एसईई बोर्डका अध्यक्ष लगायत पदाधिकारीमाथि कारबाही गर्न माग गरेको छ ।

यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विरोध गर्दै आएको नेविसंघले आफ्ना माग पूरा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनले आफ्ना मागप्रति सरकार गम्भीर नभए निम्न संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

संघर्षका कार्यक्रमहरु

असार १४ गते ७७ वटै जिल्ला शिक्षा संमन्वय समितिको कार्यालयमा १ घण्टा घेराउ ।
असार १५ गते देशभरका क्पाम्पस अगाडि चक्काजाम ।
असार १७ गते देशभरका सरकारी साधान गुडाउनमा रोक ।
असार १८, १९ गते कोणसभा पर्चा वितरण
असार २० गते ७७ वटै जिल्ला प्रशासन कार्यालय घेराउ, सिंहदरबार घेराउ ।