धादिङ– पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।


ADVERTISEMENT


जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले कथाको विमोचन गर्दै बालबालिकालाई कथाको माध्यमबाट नैतिक कुरा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


बालबालिकालाई नैतिक शिक्षा दिने तथा मेलमिलाप, सामाजिक उत्तरदायित्वसँग सम्बन्धित नौवटा कथा संग्रहमा समेटिएको छ ।

प्रकाशित बालकथा संग्रहले बालबालिकामा सामाजिक उत्तरदायित्व जगाउने र कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीका लागि पुस्तक अति उपयोगी हुने साहित्यकार भद्री दाहालले टिप्पणी गरेका छन् । ४४ पेजमा समेटिएको पुस्तकका हरेक कथाले नीतिगत र शुत्रगत सन्देश दिनेछन् । रासस