रसुवा– स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो ।


ADVERTISEMENT

# # #


सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् ।