काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क ५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । सरकारले गत फागुन ९ गते शेर्पालाई लक्की शेर्पा नियुक्ति गरेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो ।