काठमाडौँ– कोलकत्ता नाइट् राइडर्स दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती भएको एलिमिनेटरमा साबिकको बिजेता सनराइजर्स हैदराबादलाई डकवर्थ लेविस (डिएल) का आधारमा ७ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।


ADVERTISEMENT


कोलकाताले अब फाइनल प्रवेशको लागि मुम्बई मुम्बईसँग प्रतिस्पर्धा गर्ने छ । मुम्बई पहिलो क्वालिफायरमा सुपुर जाइन्ट पुनेसँग पराजित भएपनि एलिमिनेटरको बिजेतासँग दोस्रो क्वालिफायर खेल्न पाएको हो । दोस्रो क्वालिफायरमा जित निकाल्ने टोलीले फाइनलमा पुनेको सामना गर्ने छ ।
बैंगलोरमा बर्षाले प्रभावित भएको एलिमिनेटरमा टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदराबादले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १२८ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३७ तथा केन विलियसनले २४ रन बनाए । कोलकाताका नाथन निलले ३ विकेट लिए ।
हैदरावादले दिएको १२९ रनको लक्ष्य पाएपनि कोलकाताको पारीमा भारी बर्षाको कारण खेल ३ घन्टा रोकियो । बर्षा रोकिएपछि डकवर्थ लेविस (डिएल) का आधारमा कोलकाताले जितका लागि ६ ओभरमा ४८ रनको नयाँ लक्ष्य पायो ।

जसमा कप्तान गौतम गम्भीरले १९ बलमा अविजित ३२ रन जोडेपछि कोलकाताले लक्ष्य ५ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।