काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो महाधिवेशन आगामी बैशाखमा गर्ने भएको छ । काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले उक्त निर्णय गरेको राजपाका सह-महामन्त्री डा. सुरेन्द्र झाले हिमालय पोष्टलाई बताए । उनका उनुसार पार्टीले ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशनको तिथि तोकेको हो ।


ADVERTISEMENT


यस्तै राजपाको पार्टी विधानको पार्टीको विधानको धारा २२ को उपाधारा (१०) ‘एक वर्षमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने’ शब्दलाई संशोधन गरी २ वर्ष बनाएर निर्वाचन आयोगलाई बुझाइ सकिएको नेता झाले बताए। बैठकले तीन सदस्यीय विधान परिमार्जन समिति बनाउने निर्णय समेत गरेको छ। राजपाको राजनीतिक समितिको अर्को बैठक असार २१ मा बस्ने छ।


ADVERTISEMENT

# # #


यस्तै मधेश थारुहट आन्दोलनमा भएको ज्यादतीहरुको छानविन गरी सत्यतथ्य जनसमक्ष ल्याउनका लागि सर्वोच्च अदालतले न्याधीश गिरिशचन्द लालको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि पार्टीले सकरारसंग माग गरेको छ ।

मधेश आन्दोलनका क्रममा रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ ।