काठमाडौँ– रसियामा जारी फिफा विश्वकपमा ग्रुप डी अन्तर्गत अर्जेन्टिना र आइसल्याण्डले ११ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलिले गोल गरेका थिए । पछिल्लो हाफमा मेसीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना बराबरीमै चित्त बुझाउन बाध्य भयो ।


ADVERTISEMENT


पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध अर्जेन्टिनाले सुरुवाति अग्रता लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


तर चार मिनेटपछि अर्थात २३ औँ मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिनबोगसन गा्ेल फर्काएपछि पहिलो हाफ अघि बराबरी भएको हो । यस्तै फिनबोगसन विश्वकप फुटबलमा गोल गर्ने पहिलो आइसल्याण्डका खेलाडी बनेका छन् ।

यता विश्वका नजरमा रहेका लिओनल मेस्सी रुस विश्वकपको आफ्नो पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला अर्जेन्टिनानले पेनाल्टी पाएको थियो । तर, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए ।

खेल बराबरी भएपनि बलभने ७३ प्रतिशत अजेन्टिनाको नियन्त्रणमा थियो ।