काठमाडौं – रसियामा जारी फिफा विश्वकपमा ग्रुप डी अन्तर्गतको अर्जेन्टिना र आइसल्याण्ड बीचको पहिलो हाफमा दुबै टोलिले बराबरी खेलेका छन् ।


ADVERTISEMENT


पहिलो हाफ सकिनु अघि अर्जेन्टिना र आइसल्याण्डले १-१ गोल को बराबरी गरेका हुन् । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्ध अर्जेन्टिनाले सुरुवाति अग्रता लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


तर चार मिनेटपछि अर्थात २३ औँ मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिनबोगसन गा्ेल फर्काएपछि पहिलो हाफ अघि बराबरी भएको हो । यस्तै फिनबोगसन विश्वकप फुटबलमा गोल गर्ने पहिलो आइसल्याण्डका खेलाडी बनेका छन् ।

आइसल्याण्डले गोल गरेपनि बल भने पूरै अर्जेज्टिनाकै नियन्त्रणमा थियो ।