काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।


ADVERTISEMENT


बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार, स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् भने महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।


ADVERTISEMENT

# # #


बैठकबाट पार्टी सञ्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली ५ असारमा चीन भ्रमणमा जाँदैछन् ।

स्थायी कमिटी बैठकअघि आजै ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने नेकपाले जनाएको छ ।