नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाभित्र रहेका पाँचवटा वडाबाट प्राप्त मतको आधारमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका हुन्।


ADVERTISEMENT


नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार वीरबल तामाङ १६६५ मत र उपाध्यक्षमा मेन्चुङ लामा (तामाङ) १८३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार आइत घले, २ नं बाट नेपाली काँग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली काँग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा (एमाले)का एकराज घले र ५ नं बाट काँग्रेसका नरहरि भट्ट निर्वाचित भएका छन्।

नुवाकोटमा कायम रहेका ८८ मध्ये ३८ वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।