विराटनगर – प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षको लागि शुक्रबार (आज) बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शुक्रबार ४ बजे प्रदेशसभामा बजेट पेश प्रस्तुत गरेका थिए । प्रदेश सरकार बनेपछि पहिलो पटक सरकारले ३५ अर्ब ९३ करोड ६० लाख बजेट पेश गरेको छ ।


ADVERTISEMENT


जसमा संघीय सरकारले कुल २८ अर्ब ८१ करोड ८१ लाख प्राप्त अनुदान र राजश्व तथा ३ अर्ब ६६ करोड ८८ लाख आन्तरिक आम्दानी हुने अनुमान प्रदेश सरकारको छ । प्रदेश सरकारलाई संघीय सरकारले कुल २८ अर्ब ८१ करोड ८१ लाख रुपैया उपलब्ध गराउनेछ ।


ADVERTISEMENT

# # #


जसमा सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड ६७ हजार, वित्तीय समानीकरणअन्तर्गत ६ अर्ब ६१ करोड ३ हजार र राजस्व बाँडफाँडबाट ८ अर्ब ९३ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुनेछ । प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास र जलस्रोतमा लगानी केन्द्रित गरेको छ ।