काठमाडौँ– नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ ।


ADVERTISEMENT


काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि काँग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भनी विरोध गर्दै पञ्चायतकालमा समेत काँग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना नभएको भनी सरकारलाई स्मरण गराए ।


ADVERTISEMENT

# # #


उनले सरकारको यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी समेत उनले दिए ।