मलेखु, धादिङ– स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली काँग्रेसले चार वटा वडा र नेकपा (माओवादी केन्द्र)ले चार वटा वडामा विजय हासिल गरेको छ ।


ADVERTISEMENT


धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले एमालेका तर्फबाट विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


यसैगरी नेपाली काँग्रेसको तर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित भएका छन् ।

एघारवटा गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।