मुस्ताङ– हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।


ADVERTISEMENT


सोमबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेका अनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका थिए । नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन् ।


ADVERTISEMENT

# # #


एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै कोसी पासाङ विजयी भइन् ।

घरपझोङ गाउँपालिकामा नेकपा (एमाले)का आशबहादुर थकाली विजयी भएका छन् । एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली काँग्रेसका विजय हिराचनलाई पराजित गरेका हुन् । हिराचनले ४१७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी भइन् ।

एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए। उनले नेपाली काँग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २०३ मत प्राप्त गरेका थिए । उपप्रमुखमा भने नेकपा (एमाले)का ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भए ।